म्याग्दी – गएको बुधवारदेखि बन्द बेनी–जोमसोम सडक आज साेमवारदेखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षासँगै पहिरो खसेर दशैँकाे मुख्य दिन अर्थात् टीका लगाउने दिनदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि पाँच दिनपछि खुलेको हो ।
बेनी–जोमसोम खण्डमा सडक माथिबाट ठाउँ–ठाउँमा खसेको पहिरो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको आधा दर्जन ठाउँको पहिरो पन्छाएर सडक खुलाइएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी...