‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को नेतृत्वमा रविन

काठमाडौँ। ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को अध्यक्षमा रविन लामिछाने चुनिएका छन् । शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले लामिछानेलाई एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो। सोही समारोहमा संस्थाको वरिष्ठ उपाध्यक्षमा बबिता बानियाँ ‘जेरी’, प्रथम उपाध्यक्षमा बालचन्द्र बराल, उपाध्यक्षमा श्याम राना, चिज गुरुङ, सुमन परियार, उपाध्यक्ष (महिला)मा मीना बुढाथोकी चयन भएकी छन्।