२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरूले अहिलेसम्म पनि निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् । निर्वाचनमा भाग लिएका दाङका सात सय बढी उम्मेदवारले चुनाव खर्च विवरण नबुझाएका हुन् । निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्दासमेत जिल्लाका सात सय १० उम्मेदवारले अझै निर्वाचन खर्च बुझाउन अटेरी गरेका हुन् । निर्वाचन भएर मतगणना सकिएको दिनबाट ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम भए पनि दाङका पालिका र वडामा भाग लिएका सात सय १० उम्मेदवारले खर्च विवरण नबुझाएको प्रद