जयसिंह धामी बेपत्ता प्रकरण : एकीकृत समाजवादीका कार्यकर्ताले जलाए मोदीको पुतला

काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ। दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसभित्रै कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन्। जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका हुन्। सरकारले साउन १७ गते…

सम्बन्धित सामग्री

धामी बेपत्ता प्रकरण : सरकारद्वारा भारतको ध्यानाकर्षण

सरस्वती कर्माचार्य, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विषयमा सोमबार सरकारले भारतको ध्यानाकर्षण गराएको छ । धामीको विषयमा सरकारले कूटनीतिक पहल नथालेको भन्दै चौतर्फी विरोध भइरहेकै बेलामा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावासमार्फत भारतलाई पत्र पठाएको […]

जयसिंह धामी बेपत्ता प्रकरण: परराष्ट्रले भारतलाई पठायो कूटनीतिक नोट

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समितिले एक महिनाको अध्ययनपछि बुझाएको प्रतिवेदनमा धामीको परिवारलाई क्षतिपूर्ति दिलाउन भारतसँग कुटनीतिक पहल गर्न सिफारिस गरेको थियो ।

जयसिंह धामी बेपत्ता प्रकरण छानविन समितिको म्याद थप्ने सरकारको तयारी

समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो नलागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

युवक बेपत्ता प्रकरण : भारतले भन्यो- ‘एसएसबीले तुइन काटेको हल्ला गलत’

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् । मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि  धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जि

महाकालीमा युवक बेपत्ता प्रकरण : के गर्दै छ सरकार?

धनगढी : दार्चुलाको व्याँस गाउँपालिका–२, राप्ला खानदानका ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको तयारीका लागि शुक्रबार बिहान घर परिवारबाट बिदा भएर निस्किए।कोरोना महामारीका कारण एक वर्षअघि नेपालमा लकडाउन जारी भएकै अवस्थामा दुबईबाट उनी घर फर्किएका थिए। लामो लकडाउन र बेरोजगारीले घरपरिवारमा आर्थिक समस्या पर्न थालेपछि उनी पुनः वैदेशिक रोजगारीको तयारीका लागि घरबाट निस्किएका हुन्।व्याँस गाउँपालिका–२ का स्थानीयको विवशता भनौं या बाध्यता उनीहरूले सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्