मधानी महोत्सव रोक्न पूर्वसांसद सर्वोच्चमा, प्रभु साह दम्पतीले राज्यकोषबाट अश्लीलता फैलाएको आरोप (भिडिओ)

माओवादी केन्द्रकी पूर्वसांसद दिलकुमारी शाहले विकृति र राज्यकोषको दोहन रोक्न सो महोत्सव स्थगनका लागि अन्तरिम आदेश माग गरेकी छन् । पूर्वसांसद शाहले नगरपालिकाको कोष दोहन गरेर अश्लील कार्यक्रम गर्न मौलापुरकी मेयर रिनाकुमारी साह र उनका पति रौतहट ३ का सांसद प्रभु साह प्रत्यक्ष संलग्‍न रहेको दाबी गरेकी छन् ।