किशोरीको सामुहिक बलत्कारपछि हत्याको आशंका

उदयपुरको त्रियुगा नगरपालिका–६, मोहनपुरकी १७ वर्षीया एक किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । परिवारले छोरीको हत्या भएको भन्दै अपराधीलाइ कडा कारवाहीको माग गरेको छ । मृतकका बुवा प्रेम चौधरीले छोरी किर्शला चौधरीको सामुहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने भन्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । मृतककी आमा हिरा चौधरीले छोरीलाई विभत्सढंगले हत्या गरिएको भन्दै छिटो दोषी पत्ता लगाई कारवाहीको माग गर्नुभयो ।