बेमौसमी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ३१ जना सम्पर्क विहीन

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको एसएसपी कुँवरले बताए । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना,  कालिकोटमा

सम्बन्धित सामग्री

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, ४१ जना बेपत्ता

गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो । मृतकमा  १ नम्बर प्रदेशका ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् ।  यस्तै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । यसैगरी बाढी पहिरोमा परी १ नम्बर

https://nagariknews.nagariknetwork.com/social-affairs/270951-1594517083.html

तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन्। पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा अझै टरेको छैन। बाढीपहिरोमा परी तीन दिनयता ५८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन्।

म्याग्दीको ठाउँठाउँमा पहिरो : ३ जनाको मृत्यु, ३१ जना वेपत्ता

काठमाडौं : म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। ३१ जना बेपत्ता छन्। ७ जना घाइतेको उपचार भइरहेको छ। बुधवार रातिदेखिको अविरल वर्षाका कारण म्याग्दीका सयौं ठाउँमा बाढी पहिरो गएको छ। बाटोभरी पहिरो हुँदा जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अधिकारीहरु घटनास्थल पुग्न सकेका छैनन्। बाढी र

विपद् व्यवस्थापनमा नचेतेको सरकार

यस वर्ष पनि मनसुन सक्रिय भएसँगै देशैभरि व्यापक धनजनको क्षति भइरहेको, मुख्य राजमार्गदेखि सहायक राजमार्गहरूसमेत अवरुद्ध भइरहेको, हजारौं विस्थापित भएका खबरहरू आउन थालेका छन् । विशेष गरी पूर्वी तथा मध्य तराईको पूरै क्षेत्रमा वर्षाको प्रभाव परेको गृहमन्त्रालयले जनाएको छ । यसैगरी अत्यधिक वर्षाका कारण पहाडी क्षेत्रहरूमा पहिरोको प्रकोप बढेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण बाढीपहिरोमा परी आइतबार अपराह्नसम्म ५१ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् ।