भारतमा निर्यात हुन थाल्यो फलामे छड

भारतमा पहिलो पटक नेपालबाट फलामे छड निर्यात सुरु भएको छ । भैरहवास्थित श्री स्टिलले बुधबार बेलहिया नाका हुँदै पहिलो पटक भारतमा एक ट्रक स्टिल पठाएको हो । श्री स्टिलका सञ्चालक राजेश अग्रवालका अनुसार भारतको नौतुनुवामा एक ट्रक स्टिल निकासी गरिएको हो । पहिलो पटक करिब २५ लाख रुपैयाँ बराबरको स्टिल निकासी गरिएको उनको भनाई छ । नेपाललले निर्यात गर्ने स्टिलको मूल्य प्रतिकिलो ६० रुपैयाँ भारु छ ।सरकारले निर्यातमा ८ प्रतिशत अनुदानको घोषणा गरेपछि निर्यात सुरु भएको हो ।

सम्बन्धित सामग्री

छड पनि भारत निर्यात हुन थाल्यो

भैरहवा । स्वदेशी उत्पादनको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ । परासी–भैरहवा करिडोरअन्तर्गत रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले आज (बुधबार)बाट भारतमा टीएमटी छड निर्यात थालेको छ । जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको हो । उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई टीएमटी फलामे छड पठाएको हो । बुधबार […]