अस्पतालको सेवा बन्द

जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर हिजो बेलुकी अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको भन्दै आजैदेखि सबै प्रकारका स्वास्थ्य सेवा बन्द गर्ने जनाएको हो । अस्पतालमा आगजनी भएकोमा संलग्नलाई कारबाहीको माग गरिएको छ ।      फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने ...