कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम अन्वेषण गरेको चिनीया प्राविधिक टोलीले त्यहाँ गरेको सेस्मिक सर्भेको प्रतिवेदनले ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास …