काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष सकिएको छ । आइतवार केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकमा सरकार गठनको विषय र साेमवार (भोलि) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने योजना रहे पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नहुँदा महतपूर्ण विषयमा निर्णय हुन सकेन ।
देउवा र पौडेल कार्य व्यस्ततालाई कारण देखाउँदै बैठकमा उपस्थित हुनुभएन । तर साेमवारकाे केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने सामान्य एजेन्डा तय गर...