हेटौँडा। १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको एसियाकै पहिलो मानिने सुरुङ मार्गको पुनर्निर्माण सुरु भएको छ । माउन्टेन इन्फ्रा कम्पनीले जिम्मा पाएको यो सुरुङ मार्ग पुनर्निर्माणको शिलान्यास बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । चुरियामाई सुरुङ पुनर्निर्माणको शिलान्यास एक कार्यक्रमबीच बिहीबार बिहान पौडेलले गरेका हुन् । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास […]