आज फेब्रुअरी २, विश्व सिमसार दिवस । हाम्रो देशमा प्रकृतिले दिएका तालतलैया, ढाप, नदीनाला, पोखरीको संख्या उल्लेखनीय छ । कतिपय यी तालतलैयालाई अन्र्तराष्ट्रिय स्तरमानै पहिचान मिलेको छ, जसलाई रामसार कन्भेन्सन कार्यालयमाअनुसूचित गरिसकिएको छ । यी तालतलैया, सिमसार, नदीहरुमा आश्रित आदिवासी, विपन्न वर्गहरुको जीविकोपार्जन पनि सँगसँगै जोखिमयुक्त बन्दै गइरहेको छ । सामान्यतया सिमसार भन्नाले ओसिलो, दलदले, धाप, ढाव, चिसो रहिरहने आदिलाई वुझाउँछ, जहाँ समान्यतया सदैव चिसोपना हुनुका साथै त्यसमा आश्रित जीव तथा