‘एक मुठ्ठी बादल’ भारतीय फिल्म बजारमा छानियो : एनएफडीसीले निर्माणमा सह-लगानी गर्ने

काठमाडौं । गौंथली इन्टरटेन्मेन्टद्वारा निर्मित नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ भारतको एनएफडीसी फिल्म बजारको ‘को-प्रोडक्सन’ (सह-निर्माण)का लागि छानिएको छ । नोभेम्बर २० देखि २५ तारिखसम्म भारतमा फिल्म बजार संचालन हुँदैछ । भारतको संचार एवं सूचना मंन्त्रालय अन्तर्गत नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी)ले बिहिबार सार्वजनिक गरेको सूचीमा सहारा शर्मा निर्देशित यो फिल्म समावेश भएको छ । […]