जनकपुरधाम– धनुषामा एक बालकको डुबेर ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका-११ स्थित लक्ष्मण अखडा बस्ने १२ वर्षीय कर्णकुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।