नेपाल–भारत रेलसेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेलसेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि भारतीय निजी कम्पनीबीच प्रतिस्पर्धा बढेको छ । बितेको ३ महीनामै भारतीय बन्दरगाहबाट नेपालका लागि ढुवानी सेवा दिने यस्ता कम्पनीको संख्या ३ पुगेको छ ।
यसअघि भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार रहेकोमा अहिले तीनओटा कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ढुवानी सेवा दिइरहेका छन् । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीमा मुख्य साझेदार प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि भारतको कोलकाता र विशाख...