काठमाडौँ : सांसदहरूले संसद्मा कानून निर्माण गर्ने कुरामा सरकारबाटै चुनौती रहेको बताएका छन्।मंगलवार कानूनी शासन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘कानूनी शासनको प्रवर्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसदहरूले कानूनी शासनको प्रवर्धन गर्ने कानून बनाउने विषयमा सरकारबाटै चुनौती हुने गरेको बताएका हुन्।संविधान बनाउने सांसदहरूले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरूको आरोप छ। कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सांसद प्रकाश पन्तले संसद्मा