काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम् हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको बताएका हुन्। काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अविलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे। मिटरब्या