घाउ बल्झाउने दीपावली : डा. ओम मूर्ति अनिल

दीपावलीको झिलिमिलीसँगै बाल्यकालमा हामीले उत्सव मनाइरहँदा दियोको उज्यालोभन्दा अलि टाढा, आँगनको कुनामा एक जना व्यक्ति सधैँ   टोलाएर बसिरहेको म देख्थे । मौन र मलिन अनुहार बनाएर आफ्नो मनको व्यथा मनभित्रै लुकाएर टोलाइरहने उहाँ स्वयम् मेरो बुबा हुनुहुन्थ्यो । यस्तो घटना प्रायः म हरेक दीपावलीको साँझ देख्ने गर्थे । घर, परिवार तथा छरछिमेक सबै दीपावलीको रमझममा […]