नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ । चन्द्र थापाको सर्वाधिक १८ गोलको प्रेरणामा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले हराउँदै फाइनल पुगेको हो । गण्डकीले स्वर्ण पदक भिडन्तका लागि शनिवार विभागीय टोली आर्मीको चुनौती सामना गर्नेछ । शुक्रवारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई ज