एमालेको खनाल-नेपाल समूहको बैठक बस्दै, एमाले एकता निर्णायक मोडमा

काठमाडौं। एमाले खनाल-नेपाल समूहको बैठक बस्न लागेको छ। आज दिउँसो बैठक बस्ने र राजीनामा दिनेबारे थप छलफल हुने तय भएको माधव निकटका एक सांसदले देखापढीलाई बताए। एमालेलाई एकताबद्ध बनाउन २ जेठ,२०७५को अवस्थामा फर्काउने प्रयत्न विफल भएपछि माधव नेपाल समूहले आज राजीनामा दिने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सताच्युत नगरी पार्टी जोगाउन नसकिने निष्कर्ष शीर्ष नेताहरूले निकालेका छन्।