शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छलछाम गरेर निकालेको भन्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलप्रति आक्रोश पोखेका छन् । २०८० वैशाखमा दोस्रो पटक चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि गृहमन्त्री बनेको अवस्थामा आफूलाई संसद्बाटै निकाल्न पोखरेलले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । दाङको घोराहीमा शुक्रबार आयोजित रास्वपाको चुनावी सभालाई […]