जनमत पार्टीले मधेस प्रदेशको प्रदेश सभाको संसदीय दल नेता चयन गर्न सकेन । नेता चयन गर्ने जिम्मेवारी सो पार्टीका अध्यक्ष सिके राउतलाई दिएको छ ।जनकपुरमा आज बसेको कार्यकारिणी समितिको बैठकमा नेता चयनको विषयमा छलफल हुँदा सो पदका लागि छ जनाले दाबी गरेका थिए । छ जनामा सहमति बनाउने प्रयास गरेपनि कसैले फिर्ता लिन मानेनन् । त्यसपछि चुनाव गराउने कुरा पनि उठेको थियो तर चुनाव गएपछि राम्रो सन्देश नजाने भएपछि त्यसलाई टुग्यांउने जिम्मेवारी अध्यक्ष राउतलाई दिएको छ ।जनमतका प्रदेश सभा सदस्यहरू चन्दन सिंह, वसन्त कुशव