त्यो राणाकालीन दरबार स्कुल, यो दरबार हाइस्कुल

काठमाडौं : तत्कालीन प्रधानमन्त्री जंगबहादुर कुँवर (राणा) बेलायत भ्रमणमा गएका वेला त्यहाँको विकास देखेर चकित परेका थिए । नेपाल फर्किनासाथ उनले दरबार स्कुल स्थापना गरे। बेलायतमा हरेक दिन झोला बोकेर पढ्न हिँडेका बालबालिका देखेर प्रभावित बनेका थिए कि सायद! नेपालमा पहिलो पटक अंग्रेजी (आधुनिक) शिक्षाको जग स्थापाना हुनुमा जंगबहादुरको त्यही बेलायत भ्रमण कारक मानिन्छ।उनले आफ्ना भाइभारदारका सन्ततिलाई साक्षर बनाउन चाहे। तर, नेपालमा दक्ष शिक्षक थिएनन्।  विदेशी शिक्षक भित्र