काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।३१औँ अन्तर्राष्ट्रिय अपांगता दिवसमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका लगायत नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको बताएका छन् ।उनले अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकत