रामेछाप – कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित भएका रामेछापका चार हजार आठ सय ९० अति विपन्न परिवारले राहत स्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै रामेछापका चार हजार आठ सय ९० अति विपन्न परिवारले राहत स्वरूप त्याे रकम पाउने भएका हुन् ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले काेराेनाबाट प्रभावित अति विपन्न व...