राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ : रेनु दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने जिकिर गरेकी छन् ।भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिव शक्ति युवा क्लब भरतपुर–१४ र सूर्योदय क्लब भरतपुर–१५ ले आइतबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सो कुरा उल्लेख गरेकी हुन् ।भरतपुर महानगरपालिका वडा नम्बर १४,१५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणधिन र निर्माण गरिने क्र

सम्बन्धित सामग्री

दुग्ध पदार्थको आयात रोक्न माग

चितवन । चितवनका दुग्ध उत्पादक किसानले दुग्ध पदार्थको आयात रोक्न माग गरेका छन् । भरतपुरमा जारी राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो साधारणसभा तथा अधिवेशनमा कृषिमन्त्री ज्वालाकुमारी साहसमक्ष उनीहरूले आयात रोकी कच्चापदार्थको मूल्य घटाउनुपर्ने माग गरेका हुन् । उपभोक्ताको हितलाई समेत ध्यानमा राख्दै कच्चापदार्थ र दानाको मूल्य घटाए आफूहरूले दूधको मूल्य वृद्धि नगर्ने समेत प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरे । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले दूध र दुग्ध वस्तुको आयात पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिए । जिल्ला दुग्ध उत्पादक सहकारी लिमिटेड चितवनका अध्यक्ष किशोर बगालेले सरकारको नीति कार्यान्वयन फितलो भएको बताए । उनले गैरकिसानको सुविधा बन्द गर्नुपर्ने भन्दै सार्वजनिक खरीद ऐन सच्याउन समेत माग गरे । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको समस्या समाधानका लागि सरकार तयार रहेको बताइन् । कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘आयात नियन्त्रणका लागि नाकाहरूमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाइका साथ लाग्छ,’ उनले भनिन् । कृषि क्षेत्रमा लगानी अनुसार मूल्य नपाउँदा युवाहरू विदेशिनुपरेको मन्त्री साहले बताइन् । यसको नियन्त्रणका लागि स्वदेशमै युवा लक्षित कृषि कार्यक्रम ल्याउने योजनामा सरकार रहेको उनले बताइन् । कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उनको भनाइ छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका मन्त्री, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, समाजका सल्लाहकार भेषराज पाण्डे, समाजका प्रवक्ता हरि अधिकारी लगायतले राज्यले किसान आयोगलाई संवैधानिक आयोगको मान्यता दिँदै समस्या समाधान गर्नुपर्ने बताएका थिए  । माघ २३ गतेसम्म चल्ने अधिवेशनले चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमाफत प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । ३२ जिल्लामा समाजका शाखा छन् ।

छोरी जीवन बीमा सम्झौता

भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क छोरी जीवन बीमा कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ। महानगरपालिकाका तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले सम्झौता–पत्रमा बिहीबार हस्ताक्षर गर्नुभएको हो। रेनु दाहाल दोस्रो पटक महानगरप्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशुल्क जीवन बीमा गर्ने निर्णय गर्नुभएको थियो। गत जेठ ११ गतेका दिन लागू हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कार्यान्वयन गर्न सम्झौता गरिएको हो। सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूले मात्र यो सेवा लिन पाउने छन् ।

माओवादी पोलिटव्युरो १२५ सदस्यीय (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ । […] The post माओवादी पोलिटव्युरो १२५ सदस्यीय (नामसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्नु पर्दैन : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्न नपर्ने बताउनुभएको छ । आज बुधवार १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा महानगरको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी भरतपुर ९ को सहआयोजनामा भएको कार्यक्रममा मेयर दाहालले यस्ताे बताउनुभएको हो । उहाँले नारायणी लिफ्ट सिँचाइ आयोजना कार्यालयमा झन्डै ३५ करोड रुपैयाँको यन्त्र, उपकरणहरू आइपुगेकाले अब भरतपुरका सबैजस्तो ठाँउमा सिँचाइको पहुँच पुग्ने उल्लेख गर्नुभयो । ‘किसानलाई डिप बोरिङ वितरण गरेका छौँ’, उहाँले भन्नुभयो...

कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री खाँण चितवनमा

चितवन । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन आएका हुन् । सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाँणले जिल्ला पार्टी […] The post कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री खाँण चितवनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुरमा भूमिको निस्सा वितरण

भरतपुर – तवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो । भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गरे । […]