काठमाडौं । नेपालको लोकप्रिय रक ब्याण्ड कबवेब ३० औँ वर्षमा प्रवेश गरेको छ । ३० औँ वार्षिकोत्सवमा ब्याण्डले १८ जना रक र लोक गायक तथा संगीतकारको उपस्थितिमा फेब्रुअरी २२ ( फागुन १० गते) पाटन दरबार स्क्वायरमा कन्सर्ट आयोजना गर्ने भएको छ ।
कन्सर्टमा कुटुम्बका साथै नाइट ब्याण्डका सुधीर आचार्य, फ्युजन मन्त्रका अमन शाही, कभेर सोलुसनकी रिना गिरी, रेजोनेन्स अफ रूट्सका आशिष गुरुङ लगायतको प्रस्तुति रहने छ ।
कबवेबले ३० वर्षको सांगितिक इतिहासमा ८ एल्बम र ६० भन्दा बढी गीत सार्वजनिक गरेको छ । ब्याण्डमा अहिले दिभेस मुल्मी, नीलेश जोशी, सिद्धार्थ ढाक्वा, सञ्जय अर्याल र सुजन तण्डुकर सदस्य रहेका छन् ।
फेब्रुअरी २२ मा पाटनमा हुन लागेको कन्सर्टको टिकट डिजिटल वालेट 'खल्ती' मार्फत उपलब्ध गराइएको छ ।