कोरोना बढ्ने त्रास

कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु मनाउने क्रममा काठमाडाँँैका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना ...