नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताएका छन् । उनले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताए । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न वाम शक्तिहरु एक ठाउमा आउनुपर्ने बताएका छन् । भुसालले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विभाजनको औचित्य नरहेको भन्दै तीनवटै पार्टी समाजवाद चाहेकाले आफुले एकताको पक्षमा