जेठ १५, काठमाडौं । सरकारले एलपी ग्यास छोडौं, विद्युती चुल्हो जोडौं भन्ने अभियान सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । विद्युत् खपत बढाउने उद्देश्यसहित यस्तो घोषणा गरिएको हो ।
यस्तै, सरकारले आगामी साउनभित्र सिंहदरवारबाट ग्यास विस्थापित गरेर विद्युतीय चुल्हो राख्ने योजना पनि सारेको छ ।
यसैगरी सरकारले खाना पकाउने ग्यास (एलपी) मा दिंदै आएको अनुदान कटौती गर्दै जाने भएको छ । विशेषगरि विद्युतीय चुल्हो प्रयोग बढाउन यस्तो नीति ल्याइएको हो ।