काँग्रेसको खसआर्य खुल्लाबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा समूहबाट केशवकुमार बुढाथोकी २११५, गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे १९१९, नारायणबहादुर कार्की १८३६ र गेहेन्द्र गिरी १८०३ मत ल्याएर निर्वाचित भएका छन् । खस आर्य ८ जनामा शेखर कोइराला प्यानलका मधु आचार्य १८४९ मत ल्याएर विजयी भएका छन् ।
काठमाण्डाै - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चुनाव भएको १० दिनपछि बल्ल मतगणना सकिएको छ ।
पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना हिजो सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बनेको छ । महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवार ४९१ मध्येबाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारी र ११९ सदस्य गरी १३२ जनालाई निर्वाचित गरेका हुन् ।
प्रदेश-२ बाट आनन्द्रप्रसाद ढुंगाना र रमेश रिजाल भने सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भए । विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्...
काठमाडौं, पुष ८ । कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ ७ जना विजयी भएको छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ देउवा निकट ६ जना र कोइराला निकट १ जना विजयी भएका छन् । निर्वाचित हुनेमा केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् । त्यसैगरी […]
कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना हुने व्यवस्था छ ।
विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्ने छ । केन्द्रीय सदस्य खुलामा ३५ जना, महिला खुलामा ९ जना निर्वाचित हुन्छन् । ...