कर्णाली प्रदेशमा अघिल्लाे पटक पहिलाे नम्बरमा रहेकाे एमाले अहिले तेस्राेमा

सुर्खेत : देशभर नै विभाजनको असर खेपिरहेको नेकपा एमालेले कर्णालीमा सबैभन्दा बढी क्षति बेहोरेको छ। २०७४ सालमा पहिलो दल बनेको एमाले अहिले तेस्रो नम्बरमा खुम्चिएको छ। ७९ मध्ये ७६ पालिकाको मत परिणाम आइसक्दा सबैभन्दा लाभ कांग्रेसलाई भएको छ। कांग्रेसले ३२ वटामा जित हासिल गरेको छ। माओवादीले २१ वटामा र एमालेले १५ मा जितेको छ भने चार पालिका स्वतन्त्रले जितेका छन्।नतिजा आउन बाँकी तीनमध्ये दुईमा माओवादी केन्द्र अघि छ भने एकमा स्वतन्त्रको अग्रता छ। कालिकोटको रास्कोट, पचलाझरनामा माओवादीको अग्रता छ। हुम्ला चंख

सम्बन्धित सामग्री

कांग्रेस कर्णाली संसदीय दलको नेतामा शाही

सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।दलको नेतामा दाबी गरिरहेका राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंहको समर्थनमा उनी सर्वसम्मत भएका हुन्। शाही अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री छन्। उनी हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित थिए।

आजको मौसम : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : आज पनि देशका अधिकांश स्थानमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान प्रदेश नं १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ। हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा…

आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती  प्र

कर्णाली प्रदेशका अधिकतर साना जलविद्युत आयोजनाहरू बन्द

सुर्खेत– कर्णाली प्रदेशमा रहेका अधिकतर लघुजलविद्युत् आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आई अहिले बन्द अवस्थामा रहेको पाइएको छ । कर्णाली प्रदेशका ९ जिल्लामा गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्रो चलेको र २३ वटा नचलेको, सल्यानमा एक चलेको र […]

कर्णाली प्रदेशसभामा एमालेको अलमलः सरकारलाई साथ कि विरोध ?

कर्णाली प्रदेशमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री होउञ्जेलसम्म विभिन्न विषयलाई एजेण्डा बनाउँदै लगातार संसद चल्न नदिएको एमाले अहिले वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीप्रति भने लचिलो देखिन्छ । संसदमा न सरकारलाई रचनात्मक रुपमा सहयोग गरेको जस्तो देखिन्छ, न सरकारका गलत गतिविधिहरूको खरो रुपमा विरोध नै गरेको जस्तो देखिन्छ । यसरी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष भूमिकामा रहेको नेकपा एमालेले दोहोरो चरित्र देखाइरहेको छ ।एमाले संसदीय दलका नेता यामलाल कँडेलले पटक–पटक संसदमा भन

कर्णाली प्रदेश : सत्तारुढ गठबन्धनमा ‘गडबड’ !

कर्णाली प्रदेशमा एमाले बाहेकका नेताहरु गठबन्धनको अभ्यास आफूहरुले सुरु गरेको दाबी गर्दछन् । केन्द्रमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीको गठबन्धन छ । तर त्यसअघि नै आफूहरुले कर्णाली प्रदेशमा गठबन्धनको अभ्यास गरेको काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशस्तरका नेता तथा सांसद बताउँछन् ।कर्णाली प्रदेशले नै गठबन्धनको अभ्यास सुरु गरेपछि केन्द्रमा पाँच दलीय गठबन्धन निर्माण भयो । यो गठबन्धन अहिले सातै प्रदेशमा विस्तार

कर्णाली प्रदेशमा नेकपा हुँदै एमालेभित्रको कलहको इतिवृत्तान्त

सुर्खेत । कर्णाली प्रदेशमा राजनीतिक विवाद चरम उत्कर्षमा छ । नेकपा एमालेभित्रको राजनीतिक विवादले न प्रदेशसभा राम्रोसँग चल्न सकेको छ न त राजनीतिक विवादले तत्कालै निकास पाउने स्थिति छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा होस् या अहिले नेकपा एमालेभित्र देखिएको विवादले कर्णाली प्रदेश मात्र नभई राष्ट्रिय राजनीतिलाई पनि तताएको छ ।यामलाल कँडेलले ०७७ असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरु भएको राजनीतिक विवाद अझै किनारा लागिसकेको छैन । त्यतिबेला नेकप

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ३०० जनाको मृत्यु

असार ८, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।  स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकोमा दोस्रो लहर शुरु भएयता भने मृतकको संख्या बढेर ३०० पुगेको हो ।   प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३९२ बिरामी संक्रमणमुक्त भएको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयको अद्यावधिक तथ्यांकनुसार २७ हजार ४२१ कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या एक हजार ५८२ रहेको छ ।  स्वास्थ्य निर्देशक डा रवीन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि संक्रमण दर भने नघटेको बताए । ‘संक्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ’, उनले भने, ‘कोरोनाको दोस्रो लहरको शुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।’  संक्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् । रासस