बागलुङ, जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ । गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन घरमा राखेका अन्नपात खाइदिने गरेको छ । घर छोडेर एक्कै छिन यताउता जाने बित्तिकै सबै सामान नष्ट गरिदिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्नुहुन्छ …