युक्रेन र रुसबीचको युद्ध अहिले नै वार्ताबाट समाधान हुने सम्भावना कति छ ?

नौ महिनाको लडाइपछि गतहप्ता युक्रेनी र रूसी अधिकारीहरू दुवैले वार्तामा पुनः संलग्न हुन स्पष्ट इच्छा प्रकट गरे । अझ वार्ता हुन नसक्नुमा दुवैले अर्को पक्षलाई दोष दिएर आफूहरू वार्ताको लागि पहिलेदेखि तयार रहेको बताए । तर, यी सार्वजनिक बयानबाजीका बाबजुद विज्ञहरूले अर्थपूर्ण वार्ताको सम्भावना टाढा रहेको बताएका छन् । युक्रेनले खेरसन क्षेत्रमा महत्वपूर्ण जित हासिल गरिरहेकाले ऊ वार्ताको टेबलमा बस्नुअघि थप लाभहरू हासिल गर्न खोज्ने विश्लेषकले बताएका छन् । रुस जाडोसम्म युद्ध लम्ब्याएर युक्रेनका पश्चिमी