जापान सरकारले शुक्रबार रक्षा खर्चमा आठौं वार्षिक वृद्धिलाई स्वीकृत गरेको छ । यो वृद्धिसँग जापान सरकारको रक्षा खर्च कीर्तिमानी उच्च अवस्थामा पुगको छ । उत्तर कोरिया र चीनसँग प्रतिकार गर्नका लागि अमेरिकी स्टिल्थ फाइटर, इन्टरसेप्टर मिसाइल र अन्य उपकरण किन्न तयारी गरेसँगै रक्षा खर्चमा पनि वृद्धि गरिएको हो ।