चट्याङमा भेडा गुमाएका कृषकलाई राहत वितरण

पातारासी गाउँपालिका वडा नम्बर ४ लुमका चट्याङमा परि भेडा गुमाएका  पाँच जना कृषकलाई राहत वितरण गरिएको छ।  कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा. लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण गरेका हुन् ।कृषकहरुलाई कूल ५ लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ । यसमध्ये धर्मसिंह रिउले १ लाख ४४ हजार, सुक रिउले १ लाख ७६ हजार, मान बहादुर रा

सम्बन्धित सामग्री

चट्याङमा परी भेडा गुमाएका कृषकलाई राहत वितरण

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जुम्ला जिल्लाको पातारासी गाउँपालिका–४ लुमका चट्याङमा परी भेडा गुमाएका पाँच कृषकलाई राहत वितरण गरेको छ । मन्त्रालय सुर्खेतका सचिव डा लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्तरूपमा कृषकहरूलाई राहत वितरण गर्नुभएको हो । …

वन्यजन्तु पीडित म्याग्दीका कृषकलाई राहत

म्याग्दी – वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८-०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० वटा पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए । ‘प्रदेश […]

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा कृषकलाई राहत वितरण

रसुवा । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले कृषकहरुलाई राहत रकम वितरण गरेकोछ । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका कृषकहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म २२ लाख ३८ हजार बराबरको राहत रकम वितरण गरेको जनाएको छ । वन्यजन्तुबाट मानिस घाइते भएका र घरपालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सान भएबापत क्षतिपूर्ति स्वरुप राहत रकम प्रदान गरिएको निकुञ्जले […]