खसी, राँगा किन्दै हुनुहुन्छ ? निरोगी यसरी चिन्नुहोस् !

मुख्य चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासँगै देशका मुख्य सहरमा खसी–बोका, च्याङ्ग्रा, राँगा–भैँसी र कुखुरा भित्रने क्रम जारी छ । पशुपन्छीहरूको बजारमा किनबेच तथा मोलतोल गर्ने क्रम सुरु भइसकेको छ । अन्य चाडपर्वमा भन्दा दसैँमा मासुको खपत दोब्बर हुन्छ । बडादसैँ नजिकिएसँगै मासुका लागि ज्युँदा पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका डाक्टर चन्द्र ढकाल बताउँछन् । अञ्जानमा खसीबोका अस्वस्थ परेको खण्डमा त्यसको मासु खाँदा स्वास्थ्यमा जटिल समस्या देखिने उनी बताउ