बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकार गठन गर्ने सहमति

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आज दिउँसो ओली निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरू बिच वार्ता…

सम्बन्धित सामग्री

कर्णालीमा सरकार गठन : बालकोट र बालुवाटारको ‘ग्रिन सिग्नल’ पर्खिँदै

हालसम्म प्रदेशस्तरमा सरकार गठनलाई लिएर एमाले-माओवादीबीच प्रारम्भिक छलफलसमेत हुन सकेको छैन । भागबण्डामा सत्तारुढ गठबन्धनमा सहमति हुन बाँकी रहेका कारण प्रदेशमा सरकार गठन प्रक्रियाले गति लिन नसकेको हो ।

बालकोट वार्ता : प्रधानमन्त्रीमा आलोपालोको सहमति

१० पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एक नेता भन्छन्, ‘आलोपालो […]

सरकार गठनमा नयाँ ट्वीस्टः ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर उनी बालकोट पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रास्वपा अध्यक्ष रवि लामिछाने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रवार राति भेटवार्ता भएको हो । सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।

केपी ओली र अर्जुन नरसिंह केसीबिचको २ घण्टा लामो भेटवार्तामा के-के भए कुराकानी?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा बालकोट पुगेर नेता केसीले भेट गरेका हुन्। भेटका क्रममा समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र…

ओली र केसीबीच बालकोटमा २ घण्टा वार्ता

नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो ।ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ ।  त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् ।जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधा

ओलीको निमन्त्रणामा बालकोट पुगे कांग्रेस नेता केसी

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ बालकोट पुगेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको थियो । जनजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका […]

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

१२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेट ओली निवास बालकोटमा जारी छ । दुई नेताबीच नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । अोली र प्रचण्डवीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि हुन सकेको थिएन …