सुदूरपश्चिम प्रदेश सरकार बनाउन जुनसुकै दलसँग सहकार्य गर्न खुल्ला छौं– कमलबहादुर शाह

काठमाडौं, २० पुष । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकार बनाउन जुनसुकै दलसँग सहकार्यका लागि आफूहरु तयार रहेको बाताएका छन् । बुधबार प्रदेश संसदीय दलको नेतामा चयन भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै उनले प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले आफूहरु जुनसुकै दलको सहकार्यमा सरकार बनाउन तयार रहेको बताएका हुन् । ‘सबै […]

सम्बन्धित सामग्री

भदौ २० गते बजेट ल्याउने तयारी

सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटमार्फत सुशासन कायम गर्ने उद्दे्श्यका साथ बजेट निर्माणमा जुटेको छ । भदौ २० भित्र बजेट ल्याउने तयारी गरेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले वित्तीय अनुशासन कायम गर्ने लक्ष्यका साथ बजेट ल्याउन लागेको हो । असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको नियमित बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले नयाँ बजेटमार्फत सुशासन कायम गर्ने उद्देश्यका साथ तयारी थालेको हो । यसका लागि प्रदेश सरकारले बजेट निर्माणका सम्बन्धमा चार वटा आधार सार्वजनिक गरेर बजेटमार्फत प्रदेशको विकासमा सुशासन कायम गर्ने बताएको छ ।

कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय

अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज शनिवार महासङ्घमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।  समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । त्यहीअनुसार प्रदेश सरकार र महासङ्...