काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् ।
आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए । उनले संसद्को कार्यकाल सकिएको नभएर सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको...