चीनसँगको सीमा क्षेत्रमा सत्तागठबन्धनले हेलिकप्टर लगेर प्रचार गरेको एमालेको आरोप, सीडीओ भन्छन्-छानबिन हुँदैछ

बिरामी छिरिङ्ग भोटेका नाममा श्री हेली एभरेष्ट प्रालिको हेलिकप्टर चार्टर गरिएको थियो । गृहमन्त्रालयले आइतबारका लागि संखुवासभाको खाँदबारी, किमाथांका र हटियामा उडान भर्न ‘निषेधित क्षेत्रमा उडान अनुमति’ दिएको थियो । सत्ता र शक्तिको आडमा हेलिकप्टर चार्टर गरेर चुनाव प्रचार गरिएको एमाले संखुवासभाले विज्ञप्तिमा जनाएको छ ।