काठमाण्डाै - उद्योगपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुहुने भएको छ ।
उहाँलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यको टिकट दिएको हो । चौधरी यसअघि समानुपातिकबाट सांसद हुनुभएको थियो ।
पश्चिम नवलपरासीमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । उहाँलाई एमालेले समर्थन गर्ने सम्भावना छ । त्रिपाठी यस क्षेत्रमा पाँच पटकसम्म विजय हुनुभएकाे थियाे ।