सरकारले दशकौंदेखि सुरक्षित मातृत्वका कार्यक्रम सञ्चालन गरेर मातृ मृत्युदर घटाउने प्रयास गर्दै आएको छ । देशैभरि बर्थिङ सेन्टर, ती सेन्टरमा तालिमप्राप्त स्वास्थ्यकर्मी तथा उपकरणहरू राख्ने योजनाहरू पनि लागू गरिएको छ । यस्ता योजना सुगम तथा सहरी भेगमा प्रभावकारी भए पनि, यातायात र जनस्वास्थ्य सेवाका संरचनाको कमी भएका उच्च पहाडी तथा हिमाली जिल्लामा मातृ मृत्युदर घट्न सकेको छैन ।