आम निर्वाचन २०७९ को नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ । बहुमत ल्याउने लक्ष्यका साथ चुनावमा होमिएपनि सत्ता गठबन्धनभित्रै बहुमत नपुग्ने निश्चित भएको छ । संघीय संसदका १६५ निर्वाचन क्षेत्रमध्ये ३ स्थानको नतिजा आउन बाँकी रहँदा सत्ता गठबन्धन बहुमत नजिक पुगेपनि सरकार बनाउन पर्याप्त संख्या भने पुर्याइसकेको अवस्था छैन ।निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ एक करोड बढी मतगणना भइसकेको छ । दुवै निर्वाचन प्रणालीअन्र्तगत कुनैपनि दलको स्पष्ट बहुमत आउन नसकेको अवस्थ