काठमाडौं : गृह मन्त्रालयले जागिरको प्रलोभनबाट बच्न सबै सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गरी पछिल्लो समय काम लगाइदिने भन्दै ठगी गरेको पाइएकाले सचेत रहन आग्रह गरेको हो।काठमाडौं उपत्यकाका चोक-चोकमा जागिरको अवसर भन्दै विभिन्न पर्चा वितरण र टाँस्ने गरिन्छ। यसबाट कोही ठगिएका तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। प्रहरीले फागुन २२ गते ‘जब सेन्टर’को नाममा ठगी गरेको आरोपमा नौजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका