क्रिकेटर विनोद भण्डारी कोरोना संक्रमणमुक्त

२२ पुस काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी कोरोना संक्रमणमुक्त भएका छन् । चितवनमा भएको गौतमबुद्ध कपपछि कोरोना पोजेटिभ देखिएको र तीन सातापछि कोरोना संक्रमणबाट मुक्त भएको उनले जनाएका छन् । ‘२१ दिनको आइसोलेसनपछि मेरो कोभिड परीक्षण नेगेटिभ आएको जानकारी गराउन पाउँदा एकदमै खुशी छु’ भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । […]