सरकारले मुक्त घोषणा गरेको दुई दशकभन्दा बढी हुँदा पनि यहाँका मुक्तकमैयाको न्यायोचित पुनःस्थापनाको कार्य हुन सकेको छैन । मुक्त कमैयालाई पुनःस्थापना गर्दा खोला बगर, वन क्षेत्र, सुकुम्बासीले भोग चलन गरेको जग्गा उपलब्ध गराउँदा नदी कटानसँगै बसोबास गर्न नसकिने बाटो किनार जङ्गलका छेउछाउको जग्गामा बस्न बाध्य पारिएको मुक्तकमैयाका अगुवाले बताए । शिक्षा, स्वास्थ्य, रोजगारमा मुक्त कमैयाको पहुँच नपुगाइएको मुक्तकमैया अगुवाको भनाइ छ । “मुक्तकमैयाको जीविकोपार्जन गर्न कुनै विकल्प छैन”, मुक्तकमैया