श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् । काँग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको उनको भनाइ छ ।मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन नेपाली काँग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहन्थ्यौँ । तर बस्न दिएनन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नुपरेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पा