मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता झाले दिए राजीनामा

काठमाडौँ । मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार उनले राजीनामा बुझाएका हुन्। झाको राजीनामा स्वीकृत भइसकेको छ। आसन्न प्रतिनिधिसभाको चुनाव लड्न मुख्यमन्त्रीलाई भेटेरै उनले राजीनामा बुझाएका हुन्। झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव लड्ने उनले तयारी गरेका […]